माग सम्बोधन नभएपछि स्थायी कमिटी बहिष्कार : भीम रावल

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ७ : ४६


नेकपा एमालेका नेता भिम रावलले स्थायी कमिटी र संसदीय दलको बैठक स्थगित गर्नुपर्ने आफुहरुको माग सम्बोधन नभएका कारण माधव नेपाल पक्षले बैठक बहिष्कार गरको बताउनुभएको छ।

स्थायी कमिटी सदस्य समेत रहेका कार्यदल सदस्यहरुले बैठक स्थगित गर्न र शिर्ष तहमा सहमती गरेर मात्रै बैठक सञ्चालन गर्न माग गरेको भएपनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक सञ्चालन गरेपछि आफुहरु बैठकमा सहभागी नभएको नेता रावलले बताउनुभयो।

अध्यक्ष ओलीको पछिल्लो अभिव्यक्तिका कारण एकतामा अप्ठ्यारो सिर्जना गरेको भन्दै केही समयपछि बैठक राख्न आग्रह गर्दापनि अध्यक्ष ओलीले बैठक सञ्चालन गरेको उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो–‘एकतालाई अगाडी बढाउन अध्यक्ष केपी ओली र बैठकमा उपस्थित नेताहरुले गम्भिर रुपमा सोच्नुहोस्। यो बैठक स्थगित गर्नुहोस् र हामीले जुन कार्यदलमा सहमती गरेर यो प्रक्रिया अगाडी बढ्ला भन्ने अपेक्षा गरेका थियौँ । स्वयम् पार्टी अध्यक्षबाट आफ्नो निवासमा सर्ने क्रममा दिएका अभिव्यक्तिहरुले हामीलाई झनै अप्ठ्यारो परेको छ । त्यसकारण अलिकति हामिलाई समयको आवश्यकता प¥यो । यो समय हामीलाई दिनुस्, स्थायी कमिटी बैठक स्थगित गर्नुस् । संसदीय दलको बैठक स्थगित गरौँ । अनौपचारिक कुरा गरौँ । पार्टी अध्यक्ष र बरिष्ठ नेताको बिचमा शिर्ष तहमा कुराकानी गर्ने, हामीहरु बीचमा अनौपचारिक कुराकानी गर्ने, हामीले कार्यदलको बैठकमा जुन प्रक्रियागत कुरामा सहमती गरेका थियौँ। तदनुकुल अगाडी जाने कुरातर्फ अगाडी जाउँ भनेर उहाँहरुलाई हामीले आग्रह ग¥यौँ । पार्टी अध्यक्षले यो बैठक जारी रहन्छ । यसका कार्यसूची अगाडी बढाउनुस् भनेपछि हामीले भन्यौँ, हाम्रो बैठकमा सहभागिता छैन । हामी हिड्यौँ भनेर हिड्यौँ।’

नेता रावलले आफुहरु पार्टी एकताको पक्षमा रहेको र कार्यदलमा सहमती गरे अनुरुप पार्टी बैठकहरु सञ्चालन गरिनुपर्ने बताउनुभयो ।

 


प्रतिक्रिया दिनुहोस्