प्रधानन्यायाधीश राणाद्वारा महान्यायाधिवक्तालाई तथा गोपनियताको शपथ

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ६ : ०८


प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन।

सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राणाले महान्यायाधिवक्ता खातीलाई शपथग्रहण गराएका हुन।

यसअघि, महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले गराउने कानूनी व्यवस्था थियो।

गत वैशाखदेखि प्रधानन्यायाधीशबाट हुने सबै शपथ सर्वोच्च अदालतबाट गरिन थालिएको छ।

सोहीअनुसार महान्यायाधिवक्ताको शपथ सर्वोच्च अदालतमा भएको हो।

सरकारको कानूनी सल्लाहकारका रुपमा महान्यायाधिवक्तालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ।

महान्यायाधिवक्तामा खातीलाई बिहीबार राष्ट्रपतिले नियुक्त गरेकी थिइन। रासस


प्रतिक्रिया दिनुहोस्