कोरोना संक्रमित फेरि बढे, एकैदिन ४३ जनाको मृत्यु

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ४ : २१


काठमाडौं । पछिल्लो २४ घण्टामा थप दुई हजार ९३६ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ६१३ जनाको पीसीआर तथा चार हजार ५६९ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः दुई हजार ६ र ९३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

यस अवधिमा देशभर ४३ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो सङ्ख्या बिहीबारभन्दा नौ जनाले बढी हो। हालसम्म नेपालमा नौ हजार ५०६ जना सङ्क्रमितको मृत्यु भएको छ।

त्यस्तै देशभर एक हजार ७५७ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

नेपालमा सङ्क्रमितको निको हुने दर ९४ दशमलव ५ प्रतिशत छ।

नेपालमा हालसम्म छ लाख २८ हजार २४३ जना सङ्क्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल २४ हजार २७४ जना होम आइसोलेशनमा रहेका छन भने दुई हजार ५५३ ले संस्थागत आइसोलेशन, ५७८ जना आइसीयू र १७४ जनाले भेन्टिलेटरमा उपचार गराईरहेका छन्।


प्रतिक्रिया दिनुहोस्