राष्ट्रपतिसमक्ष फ्रान्सेली राजदूतको बिदाइ भेट

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ४ : १५


राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि फ्रान्सका राजदूत फ्राँस्वा–जेभिएर लेगले आज शिष्टाचार बिदाइ भेट गर्नुभएको छ।

राष्ट्रपति भवन, शीतल निवासमा भएको भेटमा उहाँहरुबीच दुई देशबीच विद्यमान द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।रासस


प्रतिक्रिया दिनुहोस्