खराब मान्छे भएको देशमा राम्रा मान्छे बस्ने ठाँउ जेल रहेछ : वली

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ४ : १२


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश वली सुदर्शन सर्वोच्च अदालतको आदेश भएपछि रिहा भएका छन्।

सर्वोच्चको आदेशपछि नेता वली आज २ बर्षपछि रिहा भएका हुन। जेलमुक्त भएपछि नेता वलीले
जेलमा रहेकाहरुमध्ये ५० प्रतिशत मानिस निर्दोष रहेको बताए।

उनले भने, ‘खराब मान्छेहरु भएको ठाँउमा राम्रा मान्छे बस्ने ठाँउ जेल रहेछ। मलाई लाग्छ जेलमा रहेकामध्ये ५० प्रतिशत निर्दोष छन्। कोही लागु औषधमुद्धामा पक्राउ परेका छन् भने ती त भरिया मात्रै हुन। श्रीकृष्ण कहाँ जन्मेका थिए? महाभारतमा पाण्डवहरु १४ बर्ष जेल बस्नुपर्यो, त्यो जेल नै हो।’


प्रतिक्रिया दिनुहोस्