काठमाडौंमा कोरानो विरुद्धको खोप लगाउने अभियान स्थगित

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ३ : ४९


काठमाडौं । सरकारले काठमाडौँमा कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप अभियान स्थगन गरेको छ।

यही असार २९ गतेदेखि शुरु भएको अभियान खोप अभाव भएपछि स्थगन गरिएको हो।

काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले आज सूचना जारी गर्दै स्वास्थ्य कार्यालयमा रहेको खोप सकिएकाले स्थगन गरिने जानकारी दिए।

खोप अभियान यही साउन दुई गतेसम्म सञ्चालन गर्ने भनिएको थियो। अभियानका लागि काठमाडौँ जिल्लामा ४४ खोप केन्द्रबाट खोप उपलब्ध गराउँदै आइरहेको थियो।

भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूहका नागरिकलाई उपलब्ध गराइएको थियो।

चीनबाट करीब आठ लाख खोप आएपछि अभियान सञ्चालन भएको थियो। रासस


प्रतिक्रिया दिनुहोस्