भिडन्त भइरहेको क्षेत्रमा फोटो खिच्न गएका भारतीय पत्रकारको अफगानिस्तानमा हत्या

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  २ : २७


नयाँ दिल्ली । चर्चित भारतीय फोटो पत्रकार दानिश सिद्दिकीको अफगानिस्तानको कान्दहर प्रान्तमा मृत्यु भएको छ।

उनी अफगानिस्तानमा बसेर समाचार संस्था रोयटर्सका लागि काम गर्थे।

४० बर्षीय दानिश बिहीबार राति कान्दहरको स्पिन बोल्डक क्षेत्रमा अफगान सेनासँग गएका थिए।

अफगानिस्तानको टोलो न्यूजका अनुसार सिद्दीकीको मृत्यु कान्दहरको स्पिन बोल्दाक जिल्लामा हिंस्रक झडपमा भएको हो।

सिद्दीकीले दुई दिनअघि मात्र एक प्रहरीलाई अफगान विशेष बलले उद्धार गरेको खबर रोयटर्समा लेखेका थिए। उनले उक्त कारवाहीको तस्वीर र भिडियो पनि आफ्नो ट्विटर थ्रेडमा राखेका थिए।

२ दिनअघि उनी अफगान सुरक्षा बलसँगै भिडन्तस्थलतमा फोटो खिच्न जाँदा गोलीबाट बचेका थिए। सो फुटेज उनले सामाजिक सञ्जालमा पनि राखेका छन्।

केहीदिनदेखि उनी अफगानिस्तानमा भइरहेको संघर्षको रिपोर्टिङ गरिरहेका थिए। तालिवानले बुधवार स्पिन बोल्डक शहर र पाकिस्तानसँग सीमा जोडिएको मुख्य सीमा चौकीमाथि नियन्त्रण जमाएको थियो।


प्रतिक्रिया दिनुहोस्