चर्चित कलाकार सुरेखा सिकरीको निधन

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १२ : ५०


धारावाहिक फिल्महरुमा हजुरआमाको भूमिका निभाउने सुरेखा सिकरीको निधन भएको छ । भारतको निकै चर्चित कलाकार सुरेखा लाई मुटुमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।

अभिनेत्रीका मेनेजरले उनको शुक्रवार बिहान निधन भएको पुष्टि गरेका छन् । गत वर्ष ब्रेन स्ट्रोक भएदेखी उनको स्वास्थ्य अवस्था बिग्रदै गएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

‘तीन पटक नेशनल अवार्ड विजेता भइसकेकी गरेकी ७५ बर्सिय कलाकार सुरेखाले सन् १९७८ मा फिल्म ‘किस्सा कुर्सीका’बाट अभिनय करियर सुरुवात गरेकी थिइन । यसपछि उनले कैयौं फिल्म र टेलिफिल्ममा अभिनय गरिन् ।

सुरेखाले चर्चित सिरियल ‘बालिका वधुमा ‘दादी’को भूमिका निभाएकी थिइन् । यो भूमिका यति चर्चित भयो कि उनलाई अहिले पनि धरै दर्शक तथा कलाकार यही ‘दादी सा’ नामले बोलाउने गर्छन।

 


प्रतिक्रिया दिनुहोस्