प्रधानमन्त्री देउवासँग इजरायली राजदूतको भेटवार्ता

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  १० : १६


प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपालका लागि इजरायलका राजदूत हनन गोडेरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसी सम्बन्ध र कोभिड–१९ को सन्दर्भमा मिलेर काम गर्नेलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारीले जानकारी दिनुभयो।

सो अवसरमा प्रधानमन्त्री देउवाले दुई देशबीचको मित्रता पुरानो भएको उल्लेख गर्दै आफ्नो नयाँ कार्यकालमा मित्रता थप प्रगाढ बनाउन दुई देशबीच आपसी सहयोग र सहकार्यका लागि आफू सदैव तयार रहेको विश्वास दिलाउनुभएको थियो।

त्यस्तै राजदूत गोडेरले प्रधानमन्त्री देउवालाई इजरायल सरकारकोतर्फबाट बधाई तथा शुभकामना दिँदै द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध थप विस्तारका लागि आफ्नो सरकारको पूर्ण सहयोग र सहकार्य रहने बताउनुभएको थियो। रासस


प्रतिक्रिया दिनुहोस्