राष्ट्रपतिद्वारा संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ७ : ५१


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघि संसदका दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी छन्।

नेपालको संविधानको धारा १५७ को उपधारा (१) बमोजिम नेपाल सरकारका सिफारिशमा आइतबार अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी साउन ३ गते सङ्घीय संसदको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश गरेको थियो।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले साउन ३ गते अपराह्न ४ बजे बैठक बोलाउन सिफारिश गरेको हो।

सरकारको सिफारिस अनुसार नै राष्ट्पति भण्डारीले बैठक आवह्वान गरेकी छन्।

सर्वोच्च अदालतले यही असार २८ गते गरेको फैसलाअनुसार सात दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउनुपर्ने उल्लेख छ।

सर्वोच्चको परमादेशका आधारमा शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकार गठन भएसँगै संसद् बैठक बोलाउन लागिएको हो।


प्रतिक्रिया दिनुहोस्