टेलिकमले भन्यो-‘ह्याकरहरुले डेटा चोरी गरेका छैनन्’

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ६ : २०


काठमाडौं । । नेपालको प्रमुख दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले आफ्नो सर्भरबाट कुनै पनि ह्याकर समूहले डेटा चोरी नगरेको प्रष्ट पारेको छ।

यसअघि विभिन्न सञ्चारमाध्यममा चिनियाँ समूहले टेलिकमको सर्भर ह्याक गरेर डेटा चोरी गरेको समाचार बाहिरिएका थिए।

टेलिकम व्यवस्थापनले यसबारे गहन अनुसन्धान गर्दा चोरी नभएको पाइएको टेलिकमका प्रवक्ता राजेश जोशीले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्