५ दलीय गठबन्धनको बैठकमा नेपाल अनुपस्थित

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ६ : ०९


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता नेता माधवकुमार नेपाल विपक्षी गठबन्धनको बैठकमा अनुपस्थित भएका छन।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बिहीबार भएको बैठकमा नेपाल अनुपस्थित भएका हुन्।

विपक्षी गठबन्धनको बैठकमा काँग्रेससभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेता पूर्णबहादुर खड्का, जसपाका नेता उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका तर्फबाट चित्रबहादुर केसी भने सहभागि छन्।

केपी शर्मा अ‍ोली सरकार ढलेपछि नेता नेपालले अब गठबन्धनको बैठकमा आफू नरहने संकेत गरेका थिए।


प्रतिक्रिया दिनुहोस्