उपत्यकामा साउन १० गतेसम्म थपियो निषेधाज्ञा, काठमाडौं छिर्न पास नचाहिने

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ४ : ४८


काठमाडौं । काठमाडौं उपत्यकामा साउन १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ।

पछिल्लो पटक थपिएको निषेधाज्ञा बिहीबार रातिदेखि सकिदैछ। बिहीबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा साउन १० गतेसम्म लम्ब्याउने निर्णय गरेको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताउनुभयो।

उहाँले अत्यावश्यक कामले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा नीजि सवारी साधनलाई आवत् जावत् गर्न दिइने जानकारी दिनुभयो। साथै लामो तथा मध्यम दुरीका सार्वजनिक यातायात सञ्चालन गर्नका लागि सिसिएमसीलाई सिफारिस गरिएको पनि उहाँले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो–‘त्रिभुवन विश्वविद्यालय, लोकसेवा आयोगले परिक्षाका कार्यक्रमहरु सञ्चालन गर्ने सुचना निकालेको हुँदा लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्ने सम्बन्धमा सिसीएमसीमा अनुरोध गरेका छौँ। सिसीएमसीमार्फत् नेपाल सरकारबाट निर्णय भएपछि लामो दुरी र मध्यम दुरीका सार्वजनिक यातायात सञ्चालन सम्बन्धी निर्णय हुन्छ।’

उपत्यकामा सभा, समारोह गर्न अझै रोक लगाइएको छ। त्यस्तै पार्टी प्यालेस, डान्सबार, नाचघर, स्वीमिङ पुल, शैलुन, ब्युटी पार्लर, हेल्थक्लव, फुटसल, जिमखाना, शैक्षिक संस्थाहरु भने अझै बन्द रहने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो।

उहाँले पसलहरु बेलुकी ७ बजेसम्म खोल्न दिइने पनि जानकारी दिनुभयो।

अरु के के खुकुलो पारियो तल हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्