विप्लव, प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ३ : ३५


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सँग भेटवार्ता गरेका छन् ।

बिहीबार बिहान काठमाडौँमा भएको भेटमा महासचिव विप्लवले नयाँ सरकार गठन भएको सन्दर्भमा पुरानो सरकारसँग भएको तीनबुँदे सहमतिको कार्यान्वयनका विषयमा छलफल भएको छ ।

विशुद्ध राजनैतिक भेटघाट भनिएको उक्त भेटघाटमा समसामयीक राजनैतिक विषयमा छलफल भएको र तीनबुँदे सहमतिका विषय र खासगरी बन्दी रिहाइँका विषयमा छलफल भएको नेकपाको सचिवालयले जानकारी दिएको छ।

यसअघि विप्लवले हिजो अध्यक्ष दाहालसँग मात्रै भेटघाट गरेका थिए। प्रतिबन्ध फुकुवा भएपछि गृहजिल्ला कपिलवस्तुमा रहेका विप्लव राजधानी आएर राजनीतिक भेटघाटमा व्यस्त बनेका हुन।


प्रतिक्रिया दिनुहोस्