रवि लामिछानेलाई ओली समूहको अनेरास्ववियुद्वारा चेतावनी

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  १० : ०८


काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले सामाजिक सञ्जालमा लेखेको फेसबुक स्टाटसलाई लिएर एमाले अध्यक्ष केपी शर्मा अ‍ोली निकट अनेरास्ववियुले आपत्ति जनाएको छ।

सर्वोच्च अदालतले दिएको फैसला नमान्ने एमालेका केहि नेताहरुले बताएका थिए। खासगरि ओली निकट रहेका युवा नेता महेश बस्नेत लगायतको समूह सर्वोच्चको फैसला विरुद्ध सडकमै उत्रेको थियो।

सो प्रति ईंगित गर्दै रवि लामिछानेले लेखेको स्टाटसप्रति आपत्ति जनाउँदै अनेरास्ववियुका अध्यक्ष ऐन महरले लेखेका छन्, ‘रवि लामिछाने नामकको अराजक र व्यभिचारी मान्छेलाई सम्हालिन र जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गर्दछु। अन्यथा तिम्रो अराजकताको ठेगाना कानून बमोजिम अनेरास्ववियुले छिट्टै लगाउने छ। जस्तालाई त्यस्तै जवाफ र व्यवहार अनेरास्ववियुले राम्ररी जानेको छ।’


प्रतिक्रिया दिनुहोस्