सुजिता भण्डारी मृत्यु प्रकरण : पूर्वी चितवको कर्फ्यू एक दिन थपियो

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ८ : १५


काडमाडौं । चितवनको राप्तीकी २३ वर्षीया सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर सडक प्रदर्शन उग्र भएपछि चितवन प्रशासनले कर्फ्यू थपेको छ।

बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै प्रशासनले कर्फ्यू आदेशलाई थप गरेको हो।

प्रशासनद्वारी जारी विज्ञप्ति अनुसार बिहीबार साढे ७ बजेसम्म उक्त कर्फ्यूलाई निरन्तरता दिइएको छ।

यसअघि मंगलबार साँझ साढे सात बजेदेखि बुधबार बेलुकी साढे सात बजेसम्म कर्फ्यू जारी गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्