अदालतले कसैलाई प्रधानमन्त्री तोके मुलुक डरलाग्दो द्धन्द्धमा जान्छ : महेश बस्नेत

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ८ : १०


काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले कसैलाई प्रधानमन्त्री तोके आफूहरुले त्यो नमान्ने प्रष्ट पारेका छन्।

विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटनसम्बन्धी दायर गरेको मुद्धामा सर्वोच्च अदालतले फैसला सुनाउने तयारी गर्दै गर्दा प्रधानमन्त्री केपी ओली निकट रहेका नेता बस्नेतले त्यस्तो फैसला आए एमालेले सत्ता नछोड्ने स्पष्ट पारेका छन्।

उनले भने, ‘अदालतले परमादेश जारी गरेर ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री बनाउन फैसला दिन्छ भने मुलुक डरलाग्दो द्धन्द्धमा जान्छ। एमालेले र लोकतन्त्रवादीहरुले त्यस्तो आदेश स्वीकार गर्दैनन्।’

संविधानलाई हातमा लिनेकाम अदालतबाट भए प्रधानमन्त्री ओलीले ‘असाधारण’ कदम चाल्ने उनको दाबी छ।

तर, हालसम्म अदालतले मन्त्रिपरिषद् पुर्नगठनलाई मान्तया नदिएकाले प्रधानमन्त्री ओलीले गरेको संसद विघटन र निर्वाचनको घोषणालाई नै मान्यता दिएको जस्तो देखिएको उनको बुझाई छ।


प्रतिक्रिया दिनुहोस्