प्रधानमन्त्री ओली र माधव नेपालबीच होटलमा भेटवार्ता

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ७ : ३३


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ।

एमालेको आन्तरिक विवाद समाधानउन्मुख भएको भनिएका बेला दुवै नेता मेरियट होटलमा पुगेका छन्।

माधव नेपाल पहिले होटलमा पुगेका थिए। त्यसको केही वेरपछि प्रधानमन्त्री ओली पनि मेरियट पुगेका थिए। अहिले दुई नेतावीच छलफल भइरहको बताइएको छ।

यसअघि कार्यदलका सदस्यहरूले दुई नेताबीच भेट गराउन अनेक प्रयत्न गर्दा पनि नेता नेपालले मानिरहेका थिएनन्।

वुधबार वसेको कार्यदल बैठकले दुई नेताका वीचमा भेटवार्ताको प्रयास गराउने गरी पहलकदमी लिएपछि ओली र नेपालका वीचमा भेटवार्ता भएको हो।

पार्टी एकताका लागि गठित १० सदस्यीय कार्यदलले मस्यौदा बनाउँदै गर्दा अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको हो।


प्रतिक्रिया दिनुहोस्