एजेन्सी । हाइटीका राष्ट्रपतिको घरमै गोलीहानी हत्या गरिएको छ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार ५३ वर्षीय राष्ट्रपति जोभनेल मोइसेको राष्ट्रपति भवनमा रातीको समयमा अज्ञात बन्दुकधारीले गोली हानी हत्या भएको छ।
बन्दुकधारी समूहले राष्ट्रपतिको सरकारी निवासमै घुसेर उनको हत्या गरेका हुन।
राष्ट्रपतिको हत्यापछि उनकी श्रीमतीपछि पनि त्यस आक्रमणमा घाइते भएकी छन् ।
जोभनेल मोइसेले सन् २०१७ फेब्रुअरीदेखि हैटीको ५८ औँ राष्ट्रपतिको रुपमा जिम्मेवार सम्हालेका थिए।
उनको हत्याबारे विस्तृत जानकारी आउन बाँकी छ।