नेप्से १६ अंकले घट्यो, ४ अर्बमाथिको कारोबार

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ३ : २३


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १६ अंकले घटेको छ।

अघिल्लो दिनभन्दा १६.९७ अङ्क अर्थात् ०.६० प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २८०१.१३ अङ्कमा आज बजार बन्द भएको छ।

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २८२६.४१२७ र कममा २७९३.९०३१ पुगेको थियो।

आज ४६१८३ कारोबारमा ११६६४२०७ कित्ता सेयरको किनबेच भई ४५८५८६१९७६.२१ रुपैयाँ बराबरको कारोबार भएर बजार बन्द भएको छ।

नेप्सेमा सूचिकृत कूल २२२ कम्पनीको सेयर किनबेच भएको हो।

यसदिन लघुवित्त र विकास बैंक उपसमूहबाहेक अरु सबै उपसमूहमा गिरावट आयो।

निर्जिवन बिमा उपसमूह सबैभन्दा उच्च १४४.७७ अंकले ओर्लिँदा उत्पादनमूलक उपसमूह पनि १३३ दशमलव०८ विन्दुले झर्‍यो।

आज ११६ कम्पनीका सेयरधनीले गुमाए। ५४ कम्पनीका सेयरधनीले कमाए भने १२ कम्पनीको सेयर मूल्य यथावत् रह्यो।

यी हुन आज धेरै कमाउने १० कम्पनी


प्रतिक्रिया दिनुहोस्