विद्युत प्राधिकरणका कर्मचारीको करेन्ट लागेर मृत्यु

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  २ : १६


दमक । झापाको बिर्तामोड नगरपालिका ४ जात्रुबाडीका ६१ वर्षीय कुल बहादुर भट्टराईको करेन्ट लागेर मृत्यु भएको छ।

बुधबार बिहान साढे ७ बजे सोही नगरपालिका ८ बाह्रबिघेस्थित राम कुमारी दर्जीको घरमा मिटर जडान गर्ने क्रममा करेन्ट लागेको हो।

विजुलीको पोलमा चड्ने क्रममा करेन्ट लागेर भुइमा लड्दा उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

घाईते भएका भट्टराईको उपचारको लागि बी एण्ड सी अस्पताल बिर्तामोड पुर्याउने क्रममा मृत्यु भएको हो। उनी अनारमनी बितरण केन्द्र विद्युत प्राधिकरणको कर्मचारी हुन्।रासस


प्रतिक्रिया दिनुहोस्