श्रीलङ्कामा आठ नेपालीलाई छात्रवृत्ति

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ९ : २३


श्रीलंकाली टेक्नोलोजिकल क्याम्पस (एसएलटिसी)ले नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)का पहलमा आठ नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ।

छात्रवृत्ति आवेदन दिने समय आठ दिन थप गरी यही असार २४ गतेसम्म पुर्याइएको छ।

क्याम्पसले स्नातक तहको अध्ययनका लागि आइटी र कम्प्युटिङ डिग्री अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि क्लाउड कम्प्युटिङ, साइबर सेक्युरिटी, डाटा साइन्स, सफ्टवेयर इञ्जिनीयरिङ जस्ता विषय अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको हो।


प्रतिक्रिया दिनुहोस्