सावित्री सुवेदीको नेतृत्वमा आन्दोलन, डिएसपी सहित ७ प्रहरी घाइते

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ८ : ०७


काठमाडौं । चितवनको नगरपालिका–३ की २३ बर्षीया सुजिता भण्डारी मृत्यु प्रकरणबारे अनुसन्धान हुनुपर्ने माग राख्दै स्थानीयले प्रदर्शन गरेका छन्।

भण्डारीको रहस्यमय मृत्यु भएको र पोस्टमार्टम पनि उचित तरिकाले नभएको भन्दै पूर्वपश्चिम राजमार्गमा टायर बालेर आन्दोलन गरिएको हो।

आज दिउसो सो क्षेत्रमा विभिन्न अभियन्ता तथा स्थानीयहरुले राजमार्ग नै अवरुद्ध पारेर प्रदर्शन गरे।

सो आन्दोलनमा नेतृत्व गर्न आफूलाई अभियन्ता बताउँने सावित्री सुवेदी पनि पुगेकी थिइन्।

उनको नेतृत्वमो भएको प्रर्दशनमा स्थानीय र प्रहरीबीच ढुंगा हानहान समेत भएको छ।

झडपमा एक डिएसपी सहित ७ जना प्रहरी घाइते भएका छन्।

यसैबीच, सुजिताको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै पूर्वी चितवनमा गरिएको प्रदर्शन उग्र बनेपछि कर्फ्यु लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले २४ घण्टाका लागि निश्चित ठाउँ तोकेर कर्फ्यु आदेश जारी गरेको हो।

भण्डारीको गृहनगर अन्तर्गत पर्ने पूर्व–पश्चिम राजमार्गमा स्थानीयले टायर बालेर प्रदर्शन गरेका थिए।

आज साँझ ७ः३० बजेदेखि भोलि बेलुका ७ः३० सम्मको लागि कर्फ्यु जारी गरिएको हो ।

कर्फ्यू आदेश जारी भएपनि राजमार्गमा लामो दुरीका सवारी साधन आवतजावतमा रोक लगाइएको छैन।


प्रतिक्रिया दिनुहोस्