काठमाडौं । नेपालसहित १६० देश सहभागि भर्चुअल बैठकलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले सम्बोधन गरेका छन्।
आज भर्चुअल बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति सीले कोभिड–१९ महामारी, जलवायु परिवर्तन र आतंकवादजस्ता मानवताविरोधी मुद्दामा सबै मुलुक मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी र विश्वका १६० मुलुकका राजनीतिक दलको बैठकलाई बेइजिङबाट सम्बोधन गर्दै उनले जनताको आवाज सुनेर अघि बढ्न विश्व नेताहरुलाई आग्रह गरेका छन्।
सो बैठकमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी छन्।