ठमेलको होटलमा अवैध धन्दा : चिनिया नागरिक पक्राउ

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ५ : ५५


काठमाडौं । दुर्लभ बन्यजन्तुको अखेटोपहारको अबैध कारोबार र जुवातास सट्टेबाजीमा संलग्न चिनिया गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरवाट खटिएको टोलीले काठमाडौं महानगरपालिका वडा नं. १७ ज्याठा गल्लीभित्रको चिनका नागरिकले सञ्चालन गरेको एक होटलबाट चिनिया नागरिकहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेका चिनिया नागरिकहरुले दुर्भल बन्यजन्तुको अखेटोपहारको अबैध कारोबार र सम्पत्ती हारजित हुने गरी जुवातास सट्टाबाजि खेलाईरहेको अबस्थामा चार जना चिनिया नागरीकलाई पक्राउ गरेको प्रहरीले बताएको छ।

प्रहरीले पक्राउ परेका व्यक्तिहरुबाट जुवातास खेल्न प्रयोग गरेका बिद्युतिय टेबल २ थान, जुवातास खेल्न प्रयोग हुन चाईनिज भाषा माजुङ बताउने प्लाष्टिकको गोटी ४१० थान, नगद ८ लाख ८९ हजार १५५ रुपैयाँ, बिभिन्न कम्पनीका मोबाईल ७ थान, बाघको छाला जस्तो देखीने वस्तु १ थान, गाईको छाला जस्तो देखीने वस्तु १ थान, कस्तुरीको बिना जस्तो देखीने वस्तु २० थान, बुद्वचित्त ९०० थान, रुद्राक्ष अन्दाजी २० किलोग्राम बरामद गरेको छ।

यस्तै उनीहरुको साथबाट राहधानी २ थान, चिनका बिभिन्न बैंकहरुको एटिएम कार्ड ३५ थान, भौचर पाना (लेखिएका) २५० थान, भौचर पाना (नलेखिएका) ६८ थान, बाघको दाँत जस्तो देखीने वस्तु २ थान, फलामको धारिलो खुकुरी २ थान र फलामको धारिलो तरबार १ थान बरामद भएको पनि प्रहरी वरिष्ठ उपरिक्षक अशोक सिंहले जानकारी दिनुभयो।

पक्राउ परेका चिनिया नागरिकहरुको प्रहरी वृत्त लैनचौरवाट थप अनुसन्धान कार्य भईरहेको बताएको छ।

त्यस्तै प्रहरीले पत्रकार सम्मेलनमा धारिलो हतियार प्रयोग गरी ज्यान मारेको अभियोगमा पक्राउ परेका ३ (तिन) जनालाई पनि सार्वजनिक गरेको छ।

यही असार २० गते महोत्तरी जलेश्वर न.पा वडा नं. २ घर भई हाल काठमाण्डौँ जिल्ला चन्द्रागिरि न.पा. वडा नं. ३ थानकोट मंगलोदय स्कुल नजिक बस्ने २० वर्षिय जितेन्द्र साहलाई हत्या गर्ने चन्द्रागिरि न.पा वडा नं. ३ थानकोट बस्ने ३६ वर्षिय सोमलाल गोपाली, मकवानपुर दामन–९ घर भई चन्द्रागिरी न.पा. १ दहचोक बस्ने २५ वर्षिय मनोज दोङ तामाङ र चन्द्रागिरी.न.पा–८ मातातिर्थवाट साहिल गोपालीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले बताएको छ।


प्रतिक्रिया दिनुहोस्