थपिए २६३४ कोरोना संक्रमित, १५ जनाको मृत्यु

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ५ : ०२


काठमाडौं । नेपालमा थप दुई हजार ६३४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या छ लाख ८७ हजार १९५ पुगेको छ।

थप सात हजार ५०३ जनाको पिसिआर परीक्षण तथा पाँच हजार ८२ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो। पिसिआर विधिबाट एक हजार ७१८ तथा एन्टिजेनबाट ९१६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

हालसम्म छ लाख १२ हजार ९९४ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा देशभर एक हजार ५६५ सङ्क्रमित निको भएर घर फर्किएका छन्।

उपत्यकामा ४९९ सङ्क्रमित थपिए

काठमाडौँ उपत्यकामा पछिल्लो समय ४९९ सङ्क्रमित थपिएका छन्। काठमाडौँमा ३६५, ललितपुरमा १०५ तथा भक्तपुरमा २९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

पन्ध्र सङ्क्रमितको मृत्यु

पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप १५ सङ्क्रमितको मृत्यु भएको छ। योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार २६३ पुगेको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्