प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ३ : २२


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्।

अहिले कोटेश्वरस्थित नेपाल निवासमा दुई नेताहरुबीच वार्ता चलिरहेको छ।

सिंहदरबारमा एमालेको एकता कार्यदलको बैठक चलिरहँदा नेपाललाई भेट्न अध्यक्ष दाहाल निवासमै पुगेका हुन।

सर्वोच्चले असार २८ मा संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउने भएपछि सत्तारुढ र विपक्षी गठबन्धनका नेताहरु थप सक्रिय भएका छन्।

एमालेको नेपाल पक्ष विपक्षी गठबन्धनमा सामेल छ ।

 


प्रतिक्रिया दिनुहोस्