काठमाडौं । पछिल्लो केहि दिन यता लगातार घटिरहेको नेपाल स्टक ए्क्सचेन्ज (नेप्से)मा आज ५ अंकको गिरावट आएको छ।
अघिल्लो दिनभन्दा ५.२४ अङ्क अर्थात् ०.१९ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २८१८.११ अङ्कमा आज बजार बन्द भएको छ। आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २८३५.३०६ र कममा २८१२.९५८६ पुगेको थियो।
आज ४६३१० कारोबारमा १०१३५२०९ कित्ता सेयरको किनबेच भई ४२२४०१८२५५.०९ रुपैयाँ बराबरको कारोबार भएर बजार बन्द भएको छ। नेप्सेमा सूचिकृत कूल २२० कम्पनीको सेयर किनबेच भएको हो।
यी हुन आज बढी कमाउने १० कम्पनी