एमाले विवाद मिलाउन एकता कार्यदल ब्युँतियो, बैठक बस्दै

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ६ : ११


नेकपा एमालेको एकता जोगाउन गठित कार्यदल पुनः ब्युँतिएको छ।

कार्यदलको बैठक ६ बजे बोलाइएको छ।

कार्यदललमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ संयोजक छन् भने वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम रावल संयोजक छन्।

कार्यदलमा रावल, नेम्वाङ, विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, रघुजी पन्त र विष्णु रिमाल सदस्य रहेका छन्।

जेठ ७ गतेदेखि कार्यदलको बैठक बस्न सकेको छैन।

आइतबार राती प्रधानमन्त्री ओली र उपाध्यक्ष रावलबीच कुराकानी भएको थियो। बालुवाटारमा भएको छलफलमा रावलले कार्यदल व्यूउँताउन सुझाव दिएका थिए।


प्रतिक्रिया दिनुहोस्