प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्धाको सुनुवाई सकियो, २८ गते फैसला

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ४ : ५२


काठमाडौं । संसद विघटन मुद्धामाथिको सुनुवाई सकिएको छ।

प्रतिनिधीसभा बिघटन सम्बन्धी रिटको सुनुवाई हेर्दा हेर्दैमा अषाढ २८ गते सम्मका लागि स्थगित भएको छ।

अब २८ गते यो मुद्धाबारे सर्वोच्चले अन्तिम फैसला सुनाउने छ।

सोमबार रिट पक्षीयको जवाफ र एमिकस क्युरीको धारणा सुनेपछि सर्वोच्चले असार २८ गते फैसला सुनाउने भएको हो।

संसद विघटन मुद्दामा एमिकस क्युरीका चार जनाले धारणा राखेका हुन्। उनीहरुका लागि दुई घन्टा समय छुट्याइएको थियो।

यसअघि सोमबार नै रिट निवदेकका तर्फबाट वकिलहरूले जवाफी बहस गरेका हुन्।

वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, शम्भु थापा र बद्रीबहादुर कार्कीले जवाफी बहस गरेका थिए।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आजबाट सम्पूर्ण सुनुवाइ सकिएर अदालतले सो दिन फैसला सुनाउने मिति तय गरेको हो।


प्रतिक्रिया दिनुहोस्