नेप्सेमा ११ अंकको गिरावट, कारोबार रकम ४ अर्बमै खुम्चियो

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ३ : ०८


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज १३ अंकले घटेको छ।

अघिल्लो दिनभन्दा ११ ७८ अङ्क अर्थात् ०.४२ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २८२२.७४ अङ्कमा आज बजार बन्द भएको छ।

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २८४७.४३१९ र कममा २८१४.३३३७ पुगेको थियो।

आज १००६३६३६ कित्ता सेयर ४५८२२१२५७८.६१ रुपैयाँमा किनबेच भएर बजार बन्द भएको छ।

नेप्सेमा सूचिकृत कूल २२४ कम्पनीको सेयर किनबेच भएको हो।

हालैका दिनमा एकैदिन १७ अर्ब बढी काराबारे भएको नेप्सेमा आज भने पछिल्लो समयकै कम ४ अर्बको कारोबार भएको हो।

यी हुन आज धेरै कमाउने १० कम्पनीका लगानीकर्ता

कारोबार रकम र नेप्से परिसुचक घट्नुमा राष्ट् बैंकले ल्याउन लागेको मौद्रिक नीतिलाई ध्यानमा राखेर लगानीकर्ताहरु पर्ख र हेरको रणनीतिमा रहेको बुझ्न सकिन्छ।

 


प्रतिक्रिया दिनुहोस्