प्रधानमन्त्री ओलीसँग छलफल गर्न भीम रावल बालुवाटारमा

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ९ : २८


काठमाडौं । नेकपा एमाले भित्रको आन्तरिक विवादबारे छलफल गर्न वरिष्ठ नेता माधव नेपाल पक्षीय नेता भीम रावल बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राजनीतिक छलफल गर्न रावल सांझ बालुवाटार पुगेका हुन।

शुक्रबारको एमाले केन्द्रीय कमिटि बैठकमा प्रधानमन्त्री ओलीले आफूले माधव नेपाललाई फोन गरेको तर भेटौं भन्दा अस्वीकार गरेको गुनासो गरेका थिए।

नेता नेपालले प्रधानमन्त्री ओलीलाई भेट्न अस्विकार गरेका बेला उनिसंग निकट रहेका नेता रावललाई बालुवाटार बोलाइएको बताइएको छ।

एमाले भित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय छन्।

नेपाल पक्षबाट नेताहरु सुरेन्द्र पाण्डे,धनश्याम भुषाल र भिम आचार्यलगायत हरु विवाद मिलाउन सक्रिय छन्।

उनीहरुले पार्टी एकतामा जोड दिइरहेका छन्।


प्रतिक्रिया दिनुहोस्