साउन भित्र भौतिक रुपमै कक्षा १२ को परीक्षा गर्न प्रस्ताव

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ८ : १६


काठमाडौं । सरकारले कक्षा १२ को परीषा भौतिक रुपमै सञ्चालन गर्ने तयारी गरेको छ।

राष्ट्रिय परीक्षा बोर्डले साउन तेस्रो अथवा चौथो साताभित्र परीक्षा गर्नका लागि शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ।

कोरोना संक्रमणको दर कम हुँदै गएकाले भौतिक रुपमै परीक्षा गर्न सकिने बोर्डले जनाएको छ।

गत जेठ २६ बाट शुरु हुने तय भएको परीक्षा कोरोना निषेधाज्ञाका कारण स्थगित भएको थियो ।


प्रतिक्रिया दिनुहोस्