कार्यकर्ता नछाडेकोमा सरकारसँग विप्लव समूह असन्तुष्ट

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ५ : ०९


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग ३ बुँदे सहमति भएको ४ महिना वित्दा समेत नेता कार्यकर्ता नछाडेको भन्दै विप्लव नेकपा असन्तुष्ट बनेको छ।

आइतबार नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग विश्वकर्मा प्रकाण्ड र धर्मेन्द्र बास्तोलाले सहमति कार्यान्वयनमा ढिलाइ भएको भन्दै बालुवाटार पुगेरै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन्।

सहमतिअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरेर पक्राउ परेका विप्लवका नेता कार्यकर्तालाई तत्काल रिहा गर्ने भनिएको थियो। तर, सहमतिको ४ महिना बितिसक्दा पनि नेता कार्यकर्ता अझैपनि जेलमा रहेका छन्।

प्रधानमन्त्री ओलीले प्रक्रिया अघि बढेको बताएपनि हालसम्म कुनै प्रगती हुन नसकेको विप्लव समूहको भनाई छ।


प्रतिक्रिया दिनुहोस्