माधव कमरेडले प्रधानमन्त्रीसंग भेट्न अस्वीकार गरे : विष्णु पौडेल

प्रकाशित मिति : २० असार २०७८, आइतबार  ४ : १४


नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग भेट्न अस्वीकार गरेको बताएका छन्।

पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री केपी ओलीका विश्वास पात्र नेता पौडेलले आईतबार बिहान नेता नेपाललाई भेटेका थिए।

भेटमा उनले प्रधानमन्त्रीसंग भेटेर समस्या समाधान खोज्न आग्रह गर्दा नेता नेपालले रुची नदेखाएको नेता पौडेलले जानकारी दिए।

राष्ट्रियसभाको बैठक पछि संघीय संसदभवन नयाँवानेश्वरमा नेता नेपालसंगका भेटबारे संञ्चारकर्मीले राखेको जिज्ञासामा नेता पौडेलले आफुले समस्या समाधानका लागि दुई नेताबीच भेटघाट होस् भन्ने इच्छा व्यक्त गरेको र नेपालले रुची नदेखाएको बताएका हुन।

उनले भने “माधव कमरेडको मा गएका थियौ। म सुवास जी र शंकर जी भएर। उहाँसंग एकछिन कुराकानी भयो। हामीले के आग्रह गर्यौ भने, पार्टीलाई एकतावद्ध गरेर लिएर जाउँ। हाम्राबीचमा समाधान गर्न नसकिने त्यस्ता कठिन र जटिल समस्याहरु छैनन्। तपाईहरु एक आपसमा बस्नुहोस् नेताहरु पनि । हामी पनि आपसमा विभिन्न साथीहरुसंग छलफलमा छौ। समाधान खोजेर अगाडि जाउँ। पार्टी अध्यक्ष र तपाईकोबीचमा मिटिङ होस् हामी त्यो चाहन्छौ। भनेर हामीले प्रस्ताव राख्यौ ।उहाँले खासगरीकन प्रधानमन्त्रीसंग भेट्नका लागि अरुची प्रकट गर्नुभया । भेट्ने कुरामा खासै रुची राख्नुभएन। ठिकै छ छलफल गर्दे जाउँ भनेर हामी उठ्यौ।”

 


प्रतिक्रिया दिनुहोस्