जसलाई आफ्नै मृत्युको प्रमाण पत्र लिन बोलाइयो …..

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ११ : ४२


जीवनमा केही यस्ता अजिब घटना हुन्छन् जसको कल्पना सम्म पनि गर्न सकिँदैन । यस्तै एउटा घटना भएको छ भारतको महाराष्ट्रमा बस्ने चन्द्रशेखर देसाइ सँग ।

देसाइलाई एक दिन अचानक सरकारी कार्यालयबाट फोन आयो र उनको मृत्यु प्रमाणपत्र लिन आउन अनुरोध गरियो । यो विषयले हैरान देसाइले जब मिडियालाई यो कुरा जानकारी गराए , कार्यालयले माफी मागेको छ ।

कार्यालयले गल्ती महसुस गरे पनि उनको समस्या अझै सकिएको छैन । नगर विकास निगमले उनलाई आफ्नो नाम मरेका मानिसको सूचिबाट हटाउन प्रक्रिया सुरु गर्न भनेको छ ।

यो अजिब घटना पछि सरकारी कार्यालय र कर्मचारीको काम गर्ने तरिकालाई लिएर धेरैले मजाक गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्