एक महिनाका लागि हरेक हप्ता २१ अन्तर्राष्ट्रिय उडान हुने

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ६ : १७


नेपाल नागरिक उड्डयन प्राधिकरणले १ जुलाईदेखि सुरु हुने अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको छ।

एक महिनाका लागि प्रतिसाता २१ अन्तर्राष्ट्रिय उडान हुने गरी तालिका सार्वजनिक भएको हो।

सरकारले भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र दक्षिण कोरियाका लागि निश्चित संख्या तोकेर नियमित उडान खुला गरेको हो।

अनुमति दिएका मुलुकमा नेपाल र सम्बन्धित मुलुक दुवै मुलुकका वायुसेवा कम्पनीले समान उडान अनुमति पाएका छन्।

नेपालका कम्पनी नजाने गन्तब्यमा भने सम्बन्धित मुलुकका वायुसेवा कम्पनीको मात्र उडान हुनेछ।

 


प्रतिक्रिया दिनुहोस्