सेयर बजारमा सामान्य गिरावट, ५ अर्बमाथिको किनबेच

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ३ : १०


काठमाडौं । नेपाली सेयर बजारमा आज सामान्य अंकको गिरावट आएको छ।

दिनभर उतार चढाव रहेको नेप्सेमा अन्तिम समयमा भने नेप्से थोरै अंकले मात्र घटेको हो।

अघिल्लो दिनभन्दा ४.१३ अङ्क अर्थात् ०.१५ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २८२३.८८ अङ्कमा आज बजार बन्द भएको छ।

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २८४४.१९१२ र कममा २७८२.००८८ पुगेको थियो।

आज ६८१९२ कारोबारमा १६२४८१०० कित्ता सेयरको किनबेच भई ५८३८५५१४३५.४९ रुपैयाँ बराबरको कारोबार भएर बजार बन्द भएको छ।

नेप्सेमा सूचिकृत कूल २२० कम्पनीको सेयर किनबेच भएको हो।

यसदिन फाइनान्स क्षेत्रका कम्पनीहरुको सेयर मूल्य धेरै बढेको छ। यी हुन आज धेरै कमाउने १० कम्पनी


प्रतिक्रिया दिनुहोस्