एमाले बैठकमा शिक्षामन्त्री श्रेष्ठको राजीनामा माग

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  २ : ०१


काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बसिरहेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा विविध बिषयमा छलफल भइरहेको छ।

आजको बैठकमा शिक्षा तथा स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठबारे प्रश्न उठेको छ।

नेकपा एमालेका गण्डकी प्रदेश अध्यक्षसमेत रहेका पूर्वमन्त्री जगत विश्वकर्माले बहालवाला शिक्षामन्त्री श्रेष्ठको राजीनामा माग गरेका छन्।

छुवाछुतको आरोपमा पक्राउ परेकी काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई छुटाउन गएको भन्दै मन्त्री श्रेष्ठले राजीनामा दिनु पर्ने माग विश्वकर्माले गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रेष्ठलाई यसअघि सचेत गराए पनि आजको बैठकमा पनि यो विषयले प्रवेश पाएको छ।

बैठकमा आज प्रश्न उठेपछि प्रधानमन्त्री ओलीले जवाफ दिएका थिए।

जवाफमा प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठले भावनामा आएर कमजोरी भएको स्वीकारेको र अब त्यस्तो नगर्ने प्रतिबद्धता जनाएको बताए।


प्रतिक्रिया दिनुहोस्