थपिए २६३६ कोरोना संक्रमित, २० जनाको मृत्यु

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ५ : २३


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६३६ जना कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७४८ जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित फेला परेका हुन।

यस्तै, आज ४३४८ जना कोरोना संक्रमित निको भएका छन्।

योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ।

यसैगरि नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ३६ हजार ९१६ पुगेको छ।

मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २० जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७१ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्