मेलम्ची बाढी पीडितकालागि प्रेसर कुकर सहयोग

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ५ : १८


ललितपुर जिल्लाका रोटरी क्लवहरुको सञ्जालले सिन्धुपाल्चोकका बाढी पीडितहरुको लागि २७५ थान प्रेसरकुकर सहयोग गरेको छ।

ललितपुर जिल्लामा अवस्थित रहेको १७ वटा रोटरी क्लवहरुको सञ्जालले मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत् २७५ थान प्रेसरकुकर सहयोग गरेको हो।

बाढी पीडितलाई प्रेसकुकरको आवश्यकता रहेको भन्ने सुचनाका आधारमा आफुहरुले प्रेसरकुकर सहयोग गरेको रोटरीक्लव सञ्जालका संयोजक सुरेश आचार्यले बताए।

आफुहरुले राज्यको निकायलाई सहयोग हस्तान्तरण गरेर विपतीमा एकद्धार प्रणालीमार्फत् राहत तथा सहयोग वितरण गर्नुपर्छ भन्ने सन्देश दिन चाहेको पनि उनले बताए।

सहयोग बुझ्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले राहत वितरणमा एकद्धार प्रणालीमा कसरी जान सकिन्छ भन्ने उदाहरण यो सञ्जाल बनेको बताए।

उनले छिटोभन्दा छिटो बाढी पीडितका लागि आएको प्रेसरकुकर प्रभावितको हातमा पुर्याउने बताए।

असार १ गते सिन्धुपाल्चोकमा आएको बाढीका कारण मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा निकै ठुलो धनजनको क्षति भएको थियो।

बाढी प्रभावितहरुका लागि अझैपनि विभिन्न निकायहरु मार्फत् राहत वितरण भइरहेका छन्।


प्रतिक्रिया दिनुहोस्