घरबेटीलाई छुटाउन जाने मन्त्रीलाई प्रधानमन्त्री ओलीले गराए सचेत

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ४ : २३


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जातिय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई आफ्नो गाडीमा लिफ्ट दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई सचेत गराएका छन्।

जातिय विभेदको अन्त्यका लागि सरकारले नै ऐन नियम बनाउने अनि सरकारकै मन्त्रीले त्यसको कार्यान्वयन गराउनुको सट्टा विभेदमा संलग्नलाई संरक्षण दिने काम भएको भन्दै मन्त्री र सरकारको चौतर्फी विरोध भईरहेका बेला प्रधानमन्त्रीले सम्बन्धीत मन्त्रीलाई आईन्दा त्यस्तो गल्ती नगर्न सचेत गराएका हुन।

कानून मन्त्री लिलानाथ श्रेष्ठले मंगलबार मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा पत्रकारहरुले जातिय विभेद गरेको आरोप लागेकी सरस्वती प्रधानलाई छुटाउन मन्त्री स्वम् प्रहरी कार्यलय पुगेको र आफ्नै सवारीसाधनमा चढाएर लगेको प्रसंग उल्लेख गर्दे कानुन कार्यान्वयमा संदेह जनाएपछि मन्त्री श्रेष्ठले त्यसबारे प्रधानमन्त्रीले नै सम्बन्धीत मन्त्रीको ध्यानाकर्षण गराएको बताएका हुन। उनले मन्त्रीको त्यसप्रकारको कार्यलाई दुर्रभाग्यपुर्ण भनी टिप्पणी गरे।

उनले भने “गाडीमा चढाएर लगे। यो दुर्रभाग्य कुरा हो। राम्रो काम होइन। हाम्रो सम्माननीय प्रधानमन्ँत्रीले (हास्दै) अब मैले पत्रकार साथीलाई भन्ने कि नभन्ने? तर भन्नै पर्छ हिजो पनि सम्माननीय प्रधानमन्त्री ज्यूले मन्त्री ज्यूलाई ध्यानाकर्षण गर्नुभएको छ। मन्त्री ज्यू आवेशमा आएर यस्तो काम नगर्नुहोस् है। यो काम जुन तपाईले गर्नुभयो , त्यो ठिक भएन भन्नुभएको छ है। यसमा प्रधानमन्त्री स्वयम्को पनि ध्यानाकर्षण भएको छ।”

संञ्चारकर्मी रुपा सुनारलाई दलित भएका कारण कोठा भाडामा नदिएको भन्दै प्रहरीले काठमाण्डौ बबरमहलकी घरपट्टी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएको थियो।

३ दिनपछि प्रहरी नियन्त्रणबाट छुटेकी उनलाई मन्त्री श्रेष्ठले आफ्नै सवारी साधनमा लिफ्ट दिनुभएको थियो। यो विषयको सर्वत्र आलोचना हुदै आएको छ।


प्रतिक्रिया दिनुहोस्