अमेरिकामा अगस्तमै ट्रम्प पुन राष्ट्रपति बन्ने चर्चा , के यो सम्भव छ ? 

प्रकाशित मिति : १५ असार २०७८, मंगलबार  ११ : २५


अमेरिकामा भर्खरै चुनाव सम्पन्न भएको छ र चुनाव जितेर जो बाइडेनले सत्ता सम्हाली सकेका छन । तर,अमेरिकामा अगस्तमै ट्रम्प पुन राष्ट्रपति बन्ने चर्चा सरकार समेत हैरान हुने गरी फैलिएको छ र त्यो चर्चाले आन्तरिक  सुरक्षा विभागलाई समेत हैरान पारेको छ ।

सिड्नी पावेल लगायत ट्रम्प निकटका केही व्यक्तिहरूले यस्तो दाबी गरेपछि यसले बिस्तारै अफवाहको रूप लिएको छ ।

ट्रम्प हारे पछि एक जना वकिल ले  एउटा मुद्दाको सामना गरिरहेका छन , उनी माथि भोटिङ मेसिन  अपरेटर र भेनेजुएलाका कम्युनिस्ट नेताहरू सँग मिलेर ट्रम्पको विरुद्ध जालसाजी गरिएको आरोप लागेको छ ।

न्यु योर्क टाइम्सका रिपोर्टर म्यगी हैबरम्यानका अनुसार ट्रम्पको पनि आफू अगस्तमा राष्ट्रपति बन्ने स्पष्ट दाबी रहेको छ , यद्यपि उनको यो दाबी कुन आधार माथि गरिएको छ भन्ने चाहिँ प्रस्ट छैन ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका प्रवक्ताले द इंडिपेंडेंटलाई दिएको अन्तर्वार्ता चरम पन्थीहरू र यस्तो अफवाह बिचको साठगाँठ माथि अनुसन्धान भइरहेको बताएका छन । उनले फैलाइएका हल्ला र चरम पन्थी साहित्यको प्रभावले हुन सक्ने हिंसात्मक गतिविधि रोक्न क्षमता वृद्धि गरिरहेको समेत जनाएका छन ।


प्रतिक्रिया दिनुहोस्