बालुवाटारमा ५ सदस्यीय मन्त्रिमण्डल बैठक

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ९ : ५९


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पाँच सदस्यीय मन्त्रिमण्डलको बैठक बसेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा ५ जना मन्त्री मात्रै सहभागि थिए।

प्रधानमन्त्री ओलीले संसद विघटनपछि विस्तार गरेको मन्त्रिपरिषदका सदस्यलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि मन्त्रिपरिषदको संख्या पाँच जनामात्रै रहेको छ।

बैठकमा समसामयिक बिषयमा छलफल भएको बताइएपछि मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छैन।


प्रतिक्रिया दिनुहोस्