डीआईजी सहकुल थापा एआईजीमा बढुवा सिफारिस

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ९ : ००


नेपाल प्रहरीका डीआईजी सहकुलबहादुर थापा एआईजी बढुवाको लागि सिफारिस भएका छन्।

गृह मन्त्रालयले प्रहरी डीआईजी थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ।

पछिल्लो समय केन्द्रीय अनुसन्धान ब्युरो मा कार्यरत थापालाई बढुवा गर्ने सिफारिसमाथि मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ।


प्रतिक्रिया दिनुहोस्