ए डिभिजन लिग असोज पहिलो सातादेखि

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ८ : ०३


काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग आगामी असोज ३ गतेदेखि गर्ने निर्णय गरेको छ।

एन्फाले आज १४ वटा क्लबका पदाधिकारीहरुसितको छलफलपछि लिगका लागि मिति तय गरेको हो।

लिगका लागि आगामी साउन ५ गतेदेखि खेलाडी दर्ता खुला गर्ने निर्णय गरिएको एन्फाले जनाएको छ।

गत वर्ष कोरोना भाइरसको महामारीका कारण ए डिभिजन लिग हुन सकेको थिएन।

कोरोनाकै कारण एन्फाले आफ्नो क्यालेण्डर अनुसार खेल गतिविधि अगाडि बढाउन सकिरहेको थिएन। रासस


प्रतिक्रिया दिनुहोस्