प्रधानमन्त्री ओलीका भाषण रेकर्ड गरर राखौं : माधव नेपाल

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ७ : ५०


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिहरु महत्वपुर्ण रहेको भन्दै ती भाषणलाई रेकर्ड गर्न व्यंग्यात्मक सुझाव दिएका छन्।

सोमबार विपक्षी गठबन्धनले बुद्धिजिवीहरुसँग गरेको अन्र्तक्रियामा बोल्दै नेता नेपालले सधै संस्कार र मर्यादाका कुरा गर्नेले नै अरुको मर्यादा राख्न नसकेको धारणा राखेका हुन।

उनले नेतृत्वका कार्यशैलीलाई नै कार्यकर्ताले अनुसरण गर्ने भन्दै प्रधानमन्त्री ओलीका आईतबार र सोमबारका भाषणहरु रेकर्ड गरेर राख्न सुझाव दिए।

प्रधानमन्त्री ओलीले राष्ट्रपति र प्रधानमन्त्रीलाई नेताहरुले सम्मानपुर्ण सम्बोधन र भाषा प्रयोग नगरेको भन्दै बेला बेलामा संस्कार र संस्कृतिका कुरा गर्दै आएका छन।

उनले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा विपक्षी गठबन्धनका नेता संगै नेता नेपालको तिखो आलोचना गरेका थिए।

उनले नेता नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्न बहुलाहा कुकुरले टोकेको छ र भन्दै कटाक्ष गरेका थिए।

सोही अभिव्यक्तिप्रति लक्षित गर्दै नेता नेपालले प्रधानमन्त्री ओलीका भाषण ध्यानदिन लायक रहेको भनी व्यंग्य गरेका हुन।

उनले भने “हामी आफै संस्कृति र संस्कारको कुरा गर्छौ। हामी आफ अरुको मान सम्मानको कुरा गर्छौ। तर हामी आफै त्यस्तो गर्छौ। यसमा नम्बर वान कोही छ भनेर खोज्दाखेरी आज हिजोको हाम्रा सम्माननीय प्रधानमन्त्री ज्यूको अभिव्यक्ति। उहाँको भाषण तपाईहरु सबैले रेकर्ड गरेर राख्नुहोला। ध्यान दिन लायक छ। हिजोको पनि आजको पनि। म पनि खोजिरहेको छु। सबै कुराहरु ध्यान दिनुपर्ने खालको रहेछ। सबैले सिक्नै पर्छ। पोजेटिभ सिकौ या नेगेटिभ सिकौ। सिक्नु चाहीँ पर्छ। माथि कस्तो छ त्यसको असर तल पर्छ। ‘मलाई बहुलाहा कुकुरले टोकेको छ र भनेर कति राम्रा कुरा गर्नुभएको छ उहाँले सबैको ध्यान जाओस्।”


प्रतिक्रिया दिनुहोस्