असहायलाई नि:शुल्क खाना बाड्ने हाम्रो टीम नेपाललाई प्रहरीले हटायो

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ७ : ०७


काठमाडौं । हाम्रो टिम नेपालले सञ्चालन गर्दै आएको खाना बनाउने स्थानलाई काठमाडौं महानगरपालिकाले हटाएको छ।

हाम्रो टिम नेपालले अनामनगरस्थित रहेको सार्वजनिक जग्गामा निषेधाज्ञाको समयमा भोकभोकै परेका मजदुरहरुलाई खाना खुवाउने गरेको थियो।

सो जग्गाबाट सोमबार महानगरपालिकाले हाम्रो टिम नेपाललाई हटाएको हो।

प्रहरीले बलपूर्वक टिमका सदस्यहरुलाई त्यहाँबाट हटाएको छ भने हाम्रो टिम नेपालले बनाएको टहरापनि भत्काएको छ।

काठमाडौं महानगरपालिकाको अनुमति बिना सार्वजनिक जग्गा अतिक्रमण गरी त्यहाँ बसेको र महानगरपालिकाको आदेश अनुरुप त्यहाँबाट हटाइएको काठमाडौं महानगरपालिकाका नगरप्रहरी दिनेश अर्यालले बताए।

जग्गा खालि गराउने क्रममा प्रहरीले दर्जनबढी स्वयंसेवकहरुलाई नियन्त्रणमा समेत लिएको छ।

 


प्रतिक्रिया दिनुहोस्