निषेधाज्ञाको अवज्ञा गर्दै लामोदुरिका बस चलाउने व्यवसायीको चेतावनी

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ६ : ११


काठमाडौं । सरकारले निषेधाज्ञा केहि खुकुलो पार्दै काठमाडौं उपत्यकामा २५ सिट माथिका सार्वजनिक सवारी चलाउन दिने निर्णय गरको छ।

काठमाडौं, भक्तपुर र ललितपुरका सिडिओहरुको संयुक्त बैठकले निषेधाज्ञा थप खुकुलो पार्दै जोर-बिजोर प्रणालीमा सार्वजनिक गाडी चलाउन दिने निर्णय गरेका हुन।

यस्तै खाद्यान्न पसलहरु बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म खोल्न पाइने भएको छ।

सरकारले उपत्यकामा ठूला सार्वजनिक सवारी मात्र चलाउन दिने बताएपछि माइक्रोबस, टेम्पो लगायतका साना सवारी नचल्ने भएका छन्।

यस्तै, लामो दूरीको बसहरुलाई पनि सञ्चालन गर्न सरकारले अनुमति दिएको छैन।

यातायात व्यवसायीहरुले आफ्ना माग पूरा नगरेको भन्दै आपत्ति जनाएका छन्। उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै माग पुरा नगरे अवज्ञा गर्दै लामो दुरिका बस चलाउने चेतावनी दिएका छन।


प्रतिक्रिया दिनुहोस्