काँग्रेस प्रवक्ताको प्रश्न : प्रधानमन्त्री ओलीको अभिव्यक्ति कस्तो ‘भेरियन्ट’?

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ४ : ४७


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले नेपाली काँग्रेसले प्रचण्डपथ अंगालेको आरोप लगाएपछि काँग्रेसले जवाफ फर्काएको छ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीको बोली कुन ‘भेरियन्ट’ भन्दै पश्न गरेका छन्।

सोमबार राजधानीमा आयोजित कार्यक्रमा प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका वरिष्ठ नेता माधव नेपाल काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुच्छर बनेको भन्दै आक्रोश पोखेका थिए।

सो बारे काँग्रेस प्रवक्ता शर्माले सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीलाई नै प्रश्न गरेका हुन।


प्रतिक्रिया दिनुहोस्